सोसल मिडिया
काठमाडौं / लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीको औपचारिक रुपमा सम्बन्धविच्छेद भएको छ ।
उनीहरूले बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर सम्बन्धविच्छेद गरेका हुन्।
उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ। गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताएका छन् ।
जेरी र शंकरले २०७६ माघ १ गते विवाह गरेका थिए। उनीहरु नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी रहेका थिए ।