Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
डोटी

साक्षर घोषणा अभियानमा स्थानीय तह

डोटी २४ बैशाख
tribeni2

तेज ओली ।

डोटीका स्थानीय तहहरु साक्षर घोषणा अभियानमा जुटेका छन । जेठ मसान्त भित्र जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्यका साथ धमाधम साक्षर घोषणा अभियानमा जुटेका हुन ।

अभियान अन्तरगत डोटीको पुर्बीचौकी गाउँपालिकालाई बुधबार साक्षर गाउँपालिका घोषणा गरिएको हो । ९ स्थानीय तह मध्य दिपायल सिलगढी नगरपालिका र पुर्बीचौकी गाउँपालिका साक्षर गाउँपालिका साक्षर घोषणा सम्पन्न भएका छन भने जिल्लाका अन्य स्थानीय तह पनि अन्तिम अबस्थामा रहेका छन । नेपाल सरकारले राष्ट्रलाई साक्षर घोषणा गर्ने योजना अनुसार डोटीका स्थानिय तहहरुले मापडण्ड पुरा गर्दै धमाधम साक्षर घोषणा पुरा भैरहेका छन ।

घोषणा कार्यक्रममा बोल्दै पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीले भने ‘नेपाल सरकारले निर्धारण गरेका सबै मापदण्ड पुरा गरेपछी गाउँपालिका साक्षर गाउँपालिका घोषणा गरेका छौँ ।’ बोगटीले थपे ‘अहिले हामी साक्षर घोषणा भएका छौँ, अब हामी पुर्ण साक्षर गाउँपालिका बनाउनका लागी लाग्ने छौँ ।’

पुर्वीचौकी गाँउपालिकामा रहेका ७ ओटा वडाहरुमा रहेका १६ बर्ष देखी ६० बर्षका मानिसहरु १३ हजार ४ सय ८५ रहेकोमा मापडण्ड पुरा गर्ने १३ हजार १ जना रहेकोले गाँउपालिकालाई साक्षर गाँउपालिका घोषणा गर्रिएको पुर्वीचौकी गाउँपालिकाले जानकारी दिएको छ ।

नागरिकलाई पुर्ण साक्षर बनाउनका लागी स्थानीय तहले बिशेष प्राथमिकतामा राखेर काम गर्नु पर्ने प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए । खड्काले भने ‘सामुदाय भित्र रहेका सबैको शैक्षिक अबस्थामा सुधार नआएसम्म बिकास भएको मान्न सकिन्न, पहिलो आधारसिलाको रुपमा साक्षर घोषणा गर्ने काम हो ।’

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्