Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्कुलबसको ठक्करबाट एक वालकको मृत्यु

२०७९ कात्तिक २५
tribeni2

जुम्ला /  स्कुलबसको ठक्करबाट जुम्लामा एक बालकको मृत्यु भएको छ । जिल्लाको चन्दननाथ नगरपालिका ९ उमगाडमा ११ बर्षिय वालक राजेश गिरीलाई बसले ठक्कर दिदा उनको मृत्यु भएको हो ।

भे १ क ३८२ नम्बरको कनिका निसा वोडिङ स्कुलको बसले पैदल हिडिरहेको बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार बच्चा छोडेर घर फर्किदै गरेको समयमा विहीवार वेलुकी बाटो क्रस गर्न खोज्दा ठक्कर दिएको थियो । वालक गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा निधन भएको हो ।

बसले ठक्कर दिएपछि स्थानीयले कर्णाली राजमार्गको सो खण्डमा हिजो देखी आन्दोलित हुदा अवरुद्ध गरेका थिए ।

राजमार्ग अवरुद्ध भएपछि चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाई, स्थानीय वडा सरकार, प्रहरी र स्कुलका सञ्चालकको उपस्थितिमा क्षेतिपुर्ति उपलब्ध गराउने, एक जनालाई वोडिङमा रोजगार दिने सहितका सहमति पछि राजमार्ग खुलेको स्थानीय तुलाराज गिरीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्