Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा वाम गठबन्धनको मात्र चुनावी सभा, अरु घरदैलोमा

२०७९ कात्तिक २५
tribeni2

रुकुम पश्चिम / आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित रुकुम पश्चिमका विभिन्न दल तथा उम्मेदवारहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

जिल्लामा रहेको वाम लोकतान्त्रिक गठबन्धनले मात्र जिल्लाका विभिन्न स्थानमा चुनावी सभा गरिरहेको छ भने अन्य दल तथा उम्मेदवारहरु घरदैलो अभियानमै सिमित रहेका छन् ।

पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेर चुनावी सभाका कार्यक्रममा केन्द्रित भएको बाम लोकतान्त्रिक गठबन्धन दलको निर्वाचन परिचालन समिति संयोजक गोपाल जि जंग शाहले बताउनुभयो । नेपाली काँग्रेसका नेता समेत रहनुभएका शाहले जिल्लाभर ११ स्थानमा चुनावी सभा गरिने कार्यतालिका रहेको र शुक्रबारसम्म सात वटा चुनावी सभा सम्पन्न गरिएको जानकारी दिनुभयो ।

वाम गठबन्धन दलको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यमा जनार्दन शर्मा, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा महेन्द्र केसी र क्षेत्र नं. २ मा राजकुमार शर्मा उम्मेदवार रहनुभएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा उम्मेदवार रहेका अन्य दल तथा उम्मेदवारले घरदैलो तथा मतदाता भेटघाटलाई तिब्र बनाएको बताएका छन् ।

जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई प्रतिनिधिसभा सदस्य, नारायण कुमार शाह र कर्णबहादुर घर्तिलाई प्रदेश निर्वाचन क्षेत्र नं. १ र २ को उम्मेदवार बनाएको नेकपा एमालेले घरदैलो मार्फत मतदाता भेटघाट कार्यक्रम मात्र गरिरहेको जनाएको छ ।

एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले चुनावलाई भड्किलो, खर्चिलो बनाउनुभन्दा जनताका घरघरमा पुगेर आफ्ना एजेण्डा सुनाउने र उहाँहरुका गुनासो सुन्ने काम प्रभावकारी रहेको बताउनुभयो । यसपाली खुल्ला चुनावी सभाको कार्यतालिका नराखेर जिल्लाका प्रत्येक टोल बस्ती र घरघरमा मतदाता भेटिरहेको ओलीले उल्लेख गर्नुभयो ।

स्वतन्त्र तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका तारक केसीले पनि आफूले मतदातासँग घरदैलो मार्फत प्रत्यक्ष सात्क्षात्कार गरिरहेको बताउनुभयो । आफ्ना चुनावी एजेण्डा सहित घरदैलो अभियानबाटै प्रचारप्रसारलाई तिव्रता दिएको केसीले बताउनुभयो ।

त्यस्तैगरि जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागी उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाईजेशन पार्टी र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले पनि घरदैलो अभियान मार्फत चुनाव प्रचार प्रसार गरिरहेको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्