Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिबेणीको बालचेतना प्राविका भवनहरु जिर्ण, पठनपाठनमा समस्या

२०७७ सालमा भत्किएको भवन अहिलेसम्म बनेन
२०७९ कात्तिक २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्वर ४ स्थित बालचेतना प्राथामिक विद्यालयका भवनहरु जिर्ण बनेका छन ।

विद्यालय भवन जिर्ण हुदाँ पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । चार वटा विद्यालय भवन रहेकोमा हाल तीन वटा भवन प्रयोगमा छन ति भवन पनि जिर्ण अवस्थामा रहेको विद्यालयका प्राधानाध्यापक टेकराज खड्काले जानकारी दिनुभयो । विद्यालयको एउटा भवन २०७७ सालमा भत्किएको हो । उक्त भवनमा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको छ ।

भवन माथिबाट पहिरो आए पछि एउटा भवन भत्किएको छ भने अर्को भवन पनि जिर्ण बन्दै गएको छ । ति विद्यालय भवन माथि सहिद स्मृती पार्कको लागि फिल्ड निर्माण गर्दा फालेको माटो विद्यालय भवनमा पस्दा एउटा भवन भत्किएको हो । २०७७ सालमा भवनमा माथि खनिएको फिल्डबाट विद्यालयमा पहिरो खसेको थियो ।

पहिरो खसे पछि पुर्व तिरको भवन भत्किए पनि अहिले सम्म नत पहिरो हटाईएको छ नत नयाँ भवन नै निर्माण गरिएको छ । भत्किएको भवन आर्थिक वर्ष २०६४÷६५ मा जिल्ला शिक्षा कार्यालयले जनश्रमदान सहित ६ लाख ५५ हजारमा निर्माण गरेको थियो । भत्किएको भवनसंगै रहेको अर्को भवनमा पनि हिउदमा मात्रै वस्न मिल्ने विद्यालयका प्रधानाध्यापक खड्काले बताउनुभयो ।

उहाँका अनुसार वर्षाको समयमा माथिबाट निरन्तर पहिरो झर्ने गर्दछ । पालिकामा नयाँ भवन निर्माण र पहिरो रोक्न तारजालीको माग गर्दा पनि गाउँपालिकाले कुनै चासो देखाएको छैन । तल्लो भागमा रहेका दुई वटा भवन पनि जिर्ण बन्दै गएका छन् । बालविकास देखि कक्षा ५ सम्म संचालनमा रहेको विद्यालयमा हाल ९० जना विद्यार्थीहरु अध्ययनरत छन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्