सोसल मिडिया
रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा मदिरा ओसार पसार, बिक्रि वितरण तथा सेवनमा रोक लगाएको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा मदिरा ओसार पसार, बिक्रि वितरण तथा सेवनमा निशेष गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, शान्तिपुर्ण, भयरहित एवम् विश्वसणीय वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार जिल्लामा उक्त निर्णय गरिएको हो ।
निर्णय अनुसार कात्तिक २७ गतेदेखि मतदान सम्पन्न नहुँदा सम्म जिल्लामा मदिरा ओसार पसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रुपमा निशेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । उक्त निर्णयको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कारबाहि गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।