Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युएमएनको कारण रुकुम पूर्वका हजारौ सर्वसाधारणहरु लाभान्वित

जिल्ला परियोजना समितिको समिक्षात्मक बैठक सम्पन्न
२०७९ कात्तिक २५
tribeni2

रुकुम पूर्व / युनाइटेड मिसन टु नेपाल (युएमएन) रुकुम पुर्व क्लस्टरको जिल्ला परियोजना समितिको समिक्षात्मक बैठक सम्पन्न भएको छ । आज जिल्लाको सिस्ने गाउपालिका वडा नम्बर ५ मा रहेको बिएलबी होटेलमा समिक्षात्मक बैठक सम्पन्न भएको हो ।

युएमएनले स्थानीय साझेदार संस्थाहरुसँगको समन्वयमा संचालन गरेका क्रियाकलापहरुको समिक्षा गर्नुका साथै आवश्यक सल्लाह सुझावका लागि उक्त बैठक संचालन गरिएको युएमएनका टिम लिडर शिव अधिकारीले बताउनुभयो । 

टिम लिडर अधिकारीले युएमएन तथा जिल्ला सल्लाहकार समितिको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै जिल्लाभर संचालन भएका परियोजना तथा थप नयाँ संचालन गर्न सकिने परियोजनाका बारेमा पनि जानकारी गराउनु भएको थियो ।

युएमएनका साझेदार संस्था नेपाल जनजागरण मंच एन प्याफ ले जिल्लाभर गरेका विभिन्न क्रियाकलापहरुका बारेमा कार्यक्रम निर्देशक शम्भु बिसिले जानकारी गराउनुभएको थियो भने मिक नेपाल र यसले जिल्लाभर संचालन गरेका कार्यक्रमका बारेमा अबिनाश बुढा मगर लगाएतको टिमले जानकारी गराउनु भएको थियो । जानकारीका क्रममा यी संस्थाहरुले गरेका कार्यक्रमहरुबाट कृषि, पशु, शिक्षा र स्वास्थ्य लगाएतका क्षेत्रहरूमा नागरिकहरु लाभान्वित भएका बताएको छ । गरिब, विपन्न तथा घरबारविहिन नागरिकका लागि युएमएन र यसका साझेदार संस्थाहरुले विभिन्न शिर्षकहरुमा सहयोग गर्दै आइरहेका छन ।

विशेष गरि जिल्लाका भुमे र पुथा उत्तरगङ्गा गाउपालिकामा कार्यक्षेत्र रहेको यस संस्थाबाट भुमे गाउपालिकाका १९ हजार ८३५ जना लाभान्वित भएका छन भने पुथा उत्तरगङ्गा गाउपालिकाका १८ हजार ९५४ जना लाभान्वित भएको युएमएनले जनाएको छ ।

बैठकका अध्यक्ष एवम जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले युएमएन र यसका साझेदार संस्थाहरुले जिल्लामा संचालन गरेका कामहरु प्रती आफू खुशि भएको बताउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा लगाएतका क्षेत्रहरूमा गरिएका विभिन्न कामहरुले सरकारलाई नै थप मद्धत पुर्‍याएको र यस्ता कार्यक्रमहरु जिल्लाभर नै आवश्यक रहेको हुँदा जिल्लाभर विस्तार गर्न पनि उहाँले आग्रह गर्नु भयो ।

बैठकमा सहभागी अन्य कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले अनुदानको स्केल बढाएर पुर्ण प्याकेजका कार्यक्रहरु संचालन गर्न र ठोस उपलब्धिका कार्यक्रम संचालन गर्न सुझाएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख एवम युएमएनका जिल्ला परियोजना समितिको सल्लाहकार मेघ बहादुर श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको समिक्षात्मक बैठकमा पुथा उत्तरगंगा र भुमे गाउपालिका अध्यक्ष पुणिराज घर्ती र होमप्रकाश श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य लगाएत जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु लगाएतको उपस्थिति रहेको थियो । बैठकको सन्चालन युएमएनका सक्षम परियोजना व्यवस्थापक हेमन्त राईले गर्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्