Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनावी प्रचारका लागि राप्रपाद्वारा रुकुममा मोटरसाईकल र्‍याली

२०७९ कात्तिक २६
tribeni2

रुकुम पश्चिम / संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुख्य एजेण्डा सहित चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारको लागि भन्दै शुक्रबार चौरजहारीमा मोटरसाईकल र्‍याली निकालेको राप्रपा रुकुम पश्चिमले जनाएको छ ।

राप्रपाको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार रहनुभएका निर्जल केसीले शान्तिपूर्ण रुपमा मोटरसाईकल र्‍याली निकालिएको बताउनुभयो । चौरजहारी नगरपालिका ३ बिजयश्वरीबाट सुरु गरिएको मोटरसाईकल ¥याली स्यालखोला हुँदै वडा नम्वर २, वडा नम्वर १ परिक्रमा गरेर बसपार्कमा समापन गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन प्रचार प्रसार अभियान अन्तर्गत मोटरसाईकल र्‍याली निकालिएको उम्मेदवार केसीको भनाई छ । र्‍यालीमा युवाहरुको सहभागिताले आफूलाई उत्साहित बनाएको उहाँको उल्लेख गर्नुभयो ।

राप्रपा रुकुम पश्चिमले घरदैलो अभियान सञ्चालन गरेर मतदाता भेटघाट अभियान सञ्चालन गरिरहेको जनाएको छ । केसीका अनुसार सुशासनका लागि युवाहरुको नेतृत्व, संवैधानिक राजतन्त्रको स्थापना, हिन्दु राष्ट्र, अनेक प्रलोभन देखाएर भोट खरिद गर्ने प्रचलन तोड्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

राप्रपाले रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यमा दिपक मल्ल, प्रदेश निर्वाचन क्षेत्र नं. १ मा बिनोद कुमार शाह लाई र क्षेत्र नम्वर २ मा निर्जल केसीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्