Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असोज महिनादेखि चौरजहारी १३ मा खानेपानीको समस्या

२०७९ कात्तिक २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ का विभिन्न ठाउँमा खानेपानीको समस्या भएको छ ।

वडाको पाखापानी खानेपानी आयोजनामा गत असोज २० गतेको निरन्तरको वर्षाले क्षति गरेको थियो । तर अहिलेसम्म पनि आयोजनाको मर्मत नहुँदा खानेपानीको समस्या भएको हो ।

वडाका नाख्ला, बाख्यखोला, डाँगी गाउँ, राता टापका, साउरेपोखरी लगायतका ६, ७ वटा ठाउँमा खानेपानीको अभाव भएको स्थानीय केशव डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४ सय घर परिवार खानेपानीको समस्यामा परेका छन् ।

अहिले स्थानीयले गाउँभन्दा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा स्थानीयलाई सास्ती भएको छ । खानेपानी आयोजनामा क्षेति भएको लामो समयसम्म पनि त्यसको मर्मतमा कसैको ध्यान नगएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीयले खानेपानीको सहज व्यवस्थाको माग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्