Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
डोटी

चौरपाटीलाई स्मार्ट पालिका बनाउन सम्झौता

डोटी २४ बैशाख
tribeni2

चौरपाटी गाउँपालिकालाइ स्मार्ट सिटि बनाउनका लागि आज तीन पक्षका बिच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । डि सि ए नेपालको आर्थिक सहयोग मालिका बिकास संघको पहलमा र स्लेप नेपालको प्राबिधिक सहयोगमा चौरपाटी गाउँपालिकालाइ बिद्युतिय शासन प्रणाली स्मार्ट सिटि बनाउने कार्यका लागि सम्झौता भएको हो ।

स्मार्ट सिटिका रूपमा अगाडि बढाए पछि चौरपाटी गाउँपालिकाले प्रदान गर्ने सेवाहरुको सूचना मोबाइलको अप्लिकेशन मार्फत आम नागरिकले जानकारी पाउने छन ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले सूचना प्रबिधिमा गाउँ पालिकालाइ सुचना प्रबिधि मैत्री बनाउने कार्यमा सहयोग गर्न साझेदार संस्थालाई आग्रह गरे ।

मालिका बिकास संघका अध्यक्ष केशव रावलले बिधिको शासनका लागि सूचना प्रबिधिले महत्त्वपूर्ण योगदान पुगाउने भएकोले आगामी बर्षमा गाउँपालिका सूचना प्रबिधि गाउँपालिका बन्ने कुरामा बिशेष जोड दिए ।

गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा भएको सम्झौता कार्यक्रममा सात वटै वडाका वडा अध्यक्ष कार्यपालिकाका सदस्य निमित्त प्रशासकीय प्रमुख धनबहादुर थापा लागाएत कर्मचारीको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: बुधबार, वैशाख २५, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्