Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आमाबुवाको नाममा अक्षयकोष बनाउन बुढुमष्ट क्षेत्र विकास कोषलाई ५१ हजार सहयोग

२०७९ कात्तिक २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोषमा अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गरिएको छ । कोषका सल्लाहकार समिति सदस्य डिल्लीबहादुर केसीले अक्षयकोष स्थापनाको लागि आर्थिक सहयोग गर्नुभएको हो ।

केसीले ५१ हजार १ सय ७५ रुपयाँ आर्थिक सहयोग गर्नुभएको हो । केसीका स्वर्गिय आमाबुवाको नाममा कृष्णव्युमा अक्षयकोष स्थापना गर्ने निर्णय भएको कोषका अध्यक्ष धुव्रराज केसीले जानकारी दिनुभयो ।

कोषबाट आउने लाभांसबाट बुरालमष्ट मन्दिर अन्तर्गत दुधिलचौर मन्दिरमा पुर्णिमामा हुने विशेष बेद पाठ तथा पुजामा खर्च गरिने छ । केसीले कार्तिक २२ गते पुर्णिमाको अवसरमा कोषका अध्यक्ष धुब्रराज केसीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

साथै कोषमा स्वग्रिय कृष्णबहादुर केसीका छोरा मिस्रिप्रशाद केसी र गोपाल केसीले पनि रकम थप गर्ने बताउनुभएको छ । बुरालमष्ट मन्दिर अन्तरगत दुदिलचौरमा वर्षका चार वटा पुर्णिमामा विशेष पुजा आराधना हुने गर्दछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्