Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनावी प्रचार रोकेर सर्वसाधारणको घरमा लागेको आगो निभाउँदै उम्मेदवार शर्मा

उम्मेदवार सहितको टोलीद्वारा स्थानीयको घरमा लागेको आगो नियन्त्रणमा, थप क्षति हुन पाएन
२०७९ कात्तिक २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ ज्यामिरे स्थित एक घरमा आगलागी भएको छ । शनिबार स्थानीय देव बहादुर पुनको घरमा आगलागी भएको हो ।

आगलागि भएको सूचना लगत्तै चुनावी अभियानमा रहेको वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजकुमार शर्मा सहितको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको पीडित पुनले बताउनुभयो ।

शर्मा रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्ष तर्फको उम्मेदवार हुनुहुन्छ । चुनावी अभियान अन्तर्गत मतदाता भेटघाटमा रहनुभएका शर्माले साथमा रहेका कार्यकर्ताहरुलाई आगो नियन्त्रणमा लिन निर्देशन दिनुका साथै आफैपनि परिचालन भएर आगो नियन्त्रणमा लिएको बताईएको छ ।

शर्माले चुनावी अभियान अन्तर्गत मतदाता भेटघाटको क्रममा रहेको बेला स्थानीयको घरमा आगो लागेको खबर आउन साथ चुनावी भेटघाट कार्यक्रमलाई तत्काल रोकेर कार्यकर्ता सहित घटनास्थल पुगेको बताउनुभयो । उहाँले सबै मिलेर घर भित्रको सामान जलेको भएतानि पुनको घर र अन्य सम्पत्ति क्षति हुनबाट जोगिएको जनाउनुभयो ।

पुनको दुईतले टिनले छाएको घर भित्र आगलागि भएको थियो । आगोको कारण पुनको घरभित्रको अन्नपात र लत्ताकपडा भने पहिले नै जलिसकेको बताईएको छ । पुनले घरमा भित्र रहेको करिब दुई लाख बराबरको सामान क्षति भएको बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताईएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्