Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका पत्रकारलाई 'प्रेस ज्याकेट' वितरण

२०७९ कात्तिक २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको छ ।

आइतबार एक कार्यक्रमका बिच जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमका अध्यक्ष लक्ष्मण केसीका अनुसार रुकुम पश्चिम र रुकुम पूर्वका क्रियाशिल पत्रकारहरुलार्ई लक्षित गरेर ज्याकेट बनाइएको हो ।

आज आइतबार रुकुम पश्चिमका क्रियाशिल पत्रकारहरुलाई ज्याकेट वितरण गरिएको अध्यक्ष केसीले बताउनुभयो । आज रुकुम पश्चिमका २१ जना पत्रकारहरुलाई ज्याकेट उपलब्ध गराईएको महासंघले जनाएको छ ।

तत्कालै रुकुम पूर्वका पत्रकारहरुलाई पनि प्रेस ज्याकेट उपलब्ध बनाइने महासंघले जनाएको छ । विशेष गरेर नजिएको चुनाव र रिपोर्टिंको क्रममा प्रेस ज्याकेटले पत्रकारको स्पष्ट परिचय झल्काउने बताइएको छ ।

प्रेस ज्याकेटको दुरुपयोग नगर्न महासंघले आग्रह समेत गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्