Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई

२०७९ कात्तिक २७
tribeni2

दाङ / दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ ।

जिल्लाका तीन निर्वाचन क्षेत्रका ४ सय ६५ मतदान केन्द्र रहेका छन् ।  क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी दिइएको हो ।

क्षेत्र नं १ मा १ सय ५२, क्षेत्र नं २ मा १ सय ४६ र क्षेत्र नं ३ मा १ सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा १ सय ५३ मतदानस्थल छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। 

- रासस

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्