Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा मादक पदार्थ निषेध

२०७९ कात्तिक २७
tribeni2

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा मादक पदार्थ निषेध गरेको छ ।

आईतबार एक सूचना जारी गर्दै कार्यालयले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा मदिरा ओसार पसार, बिक्रि वितरण तथा सेवनमा निशेष गरिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यका अनुसार निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, शान्तिपुर्ण, भयरहित एवम् विश्वसणीय वातावरणमा सम्पन्न गर्ने सन्दर्भमा गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार जिल्लामा मदिरा निधेष गरिएको हो ।

२७ गते आईतबार राति १२ बजेदखि अन्तिम मतपरिणाम घोषणा नहुँदा सम्म जिल्लामा मदिरा ओसार पसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रुपमा निशेध गरिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

उक्त सूचनाको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कारबाहि गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्