Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन

रुकुम पूर्वमा राप्रपाको नारा : 'बरु नष्ट हुन्छौ, भ्रष्ट हुदैनौं'

घरदैलोमै मतदाताको मन जित्ने प्रयास
२०७९ कात्तिक २८
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पूर्वले घरदैलो अभियानलाई तिव्रता दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले घरदैलो अभियानलाई तिव्रता दिएको हो ।

'बरु नष्ट हुन्छौं तर भ्रष्ट हुदैनौँ' भन्ने मुल नाराका साथ चुनावी अभियानमा लागी परेको राप्रपा रुकुम पूर्वका अध्यक्ष सुधिर विक्रम शाहले जानकारी दिनुभयो । घरदैलो अभियानका क्रममा मतदाताहरुको उत्साहजनक साथ पाएको शाहले उल्लेख गर्नुभयो ।

जिल्लाको भुमे गाउँपालिका र सिस्ने गाउँपालिकाको अधिकांश वडाहरुमा घरदैलो कार्यक्रम सकिएको प्रदेश निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार तथा राप्रपाका केन्द्रिय सदस्य केशव चन्द्र समाल (मदन शाह)ले बताउनुभयो । बाँकी रहेका अरु वडामा पनि मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुख्य एजेण्डा सहित चुनावमा होमिएको छ ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रतिनिधीसभा सदस्यका खिमबहादुर खत्री र प्रदेश निर्वाचन क्षेत्र नं. २ मा केशवचन्द्र समाल (मदन शाह) उम्मेदवार रहुनभएको छ ।

मतदाताले नयाँ नेतृत्व खोजेकोले राप्रपाको एजेण्डा र अभियानलाई मन पराएर मत दिने विश्वास रहेको उम्मेदवाहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्