Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदान केन्द्रको लागी निर्वाचन सामाग्री वितरण

२०७९ कात्तिक २८
tribeni2

रुकुम पश्चिम / जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले निर्वाचन सामाग्री वितरण कार्य सुरु गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा लिने निर्वाचन सामाग्री वितरण सुरु गरिएको हो ।

सोमबार जिल्लाको आठबिसकोट नगरपालिका क्षेत्रमा पर्नै मतदान केन्द्रको लागि निर्वाचन सामाग्री वितरण गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि मंगलबारका दिन जिल्लाको चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकाका लागि निर्वाचन सामाग्री बुझाईने छ भने बुधबार जिल्लाको मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको लागि निर्वाचन सामाग्री बुझाउने कार्यक्रम रहेको छ ।

मतदानाको दिन आवश्यक पर्ने मतपेटिका, छेकाबार, स्ट्याप्प प्याड, मतदाता नामावली सहितका निर्वाचन सामाग्री मतदानमा खटिएका कर्मचारीहरुलाई बुझाईएको हो ।

मतपत्रहरु भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट भोलि देखि उपलब्ध हुने जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो ।
रुकुम पश्चिममा रहेका ६ वटा स्थानीय तहमा ७६ वटा मतदान केन्द्र र १३९ वटा मतदानस्थल रहेका छन् । यसका साथै दुईवटा अस्थायी मतदान केन्द्र रहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्