प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

रुकुम कारागारमा रहेका ६६ कैदिबन्दीले मतदान गर्ने

५८ जना कैदिबन्दीले मतदान गर्न नपाउने
२०७९ कात्तिक २८

रुकुम पश्चिम / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुकुम कारागारमा रहेका ६६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

रुकुम पश्चिमको मुसीकोटस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीमध्ये जम्मा ६६ जनाले अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउने जिल्ला निवौचन कार्यालयले जनाएको छ ।

जिल्ला निवौचन अधिकारी कुमारी रिमा मल्लका अनुसार कारागारमा रहेका १२४ जना कैदीबन्दी मध्य अन्तिम मतदाता नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेका ६६ जना कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् ।

कारागार कार्यालयका प्रमुख अकबिर घर्तीका अनुसार कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिएको छ । त्यसका लागि मतदान गराउन कारागारमै कर्मचारी पुग्ने उहाँले जनाउनुभयो । कारागार परिसरमा अस्थायी मतदानस्थल रहने व्यवस्था गरिएको छ ।

कार्यालयका प्रमुख घर्तीका अनुसार नामावली सङ्कलनको अवधिमा कारागारमा रहेका सबै कैदीबन्दीले अवसर नपाएका कारण धेरै भोट हाल्नबाट छुुटेका छन् । ५८ जना कैदिबन्दिले मतदान गर्नबाट छुटेका हुन् । हाल कारागारमा ११५ जना पुरुष र ९ जना महिला रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्