Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रतिगमन अन्त्य नभएसम्म गठबन्धनले निरन्तरता पाउँछ : भिमप्रकाश शर्मा

सत्तामा नहुँदा पनि महत्वपूर्ण काम गरेको दाबी
२०७९ कात्तिक २८
tribeni2

सल्यान / नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाम लोकतान्त्रिक गठबन्धन प्रदेश सभा १ का साझा उम्मेदवार भिमप्रकाश शर्माले प्रतिगमन विरुद्धको गठबन्धन भएको र प्रतिगमन अन्त्य नभएसम्म गठबन्धनले निरन्तरता पाउने बताउनु भएको छ । संविधान बचाउनको लागि बाम लोकतान्त्रिक गठबन्धन भएको र देशभर गठबन्धनको जीत सुनिश्चित भएको उहाँको भनाई छ ।

सोमबार बनगाड कुपिण्डे नगरपालिका आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गदै शर्माले विकास निर्माणका कामलाई निरन्तरता दिने बताउनुभयो । उहाँले सल्ली चौरजाहारी सडक बहुबर्षे तरिकाले बजेट आएको र अब त्यसको स्तरबृद्धिको जिम्मेवारी लिने बताउनु भयो । थारमारे चौरजहारी सडकको कालोपत्रे गर्ने, अन्य सडकमा ग्राबेल सहित स्तरवृद्धि गर्ने बताउनु भएको छ । कालालेख नाथेखोला बामे सडक स्तर वृद्धि गर्ने समेत उहाँले बताउनुभयो ।

उहाँले आफु सत्तामा नहुदा पनि सल्यान जिल्लाको लागि महत्वपूर्ण काम गरेको बताउनु भएको छ । आफू कर्णली प्रदेश मुख्य मन्त्रीको राजनैतिक सल्लाहकार होस या त्यो भन्दा बाहिर हुँदा आफुले आफ्नो क्षेत्रवाट लागे–पुगेसम्मको विकास निर्माण लगायतका महत्वपूर्ण काममा ठूलो भूमिका खेलेको बताउनुभयो ।

अन्य राजनैतिक दलका नेताहरुले पहिले जनतालाई विभिन्न आश्वासन बाँड्दै विभिन्न प्रलोभन देखाउदै जाने र सत्तामा जादा जनतासँग खाएका बाचा कसम बिर्सने गरेको बताउदै उहाँले आफूले त्यसो नगर्ने बताउनुभयो । विकास गर्नको लागि धेरै महत्वकांक्षी राख्नु भन्दापनि जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर कामगर्ने उहाँले बताउनुभयो ।

अन्य राजनैतिक दलका नेताहरुले आज भोली बिजुलीका पोल र तारमा राजनैतिक गर्ने गरेकाले सबै त्यसबाट सजक हुन उहाँले आग्रह गर्नुभयो । प्रदेश सभा क मा २५ हजार ९ सय घरधुरी मध्य ५६ प्रतिशत घरधुरीमा बिजुली बलिसकेको उहाँले जानकारी गराउनुभयो ।

सल्यान जिल्लाको टिनका छाना भएका विद्यालयलाई पाँच वर्षभित्र पक्की भवनमा परिणात गरी भौतिक पूर्वाधारमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रसका क्षेत्रीय सभापनि सुरेश चन्दले नेपाली कांग्रेसका सबै नेता कार्यक्रता र मतदातालाई गठवन्धनका साझा उम्मेदवारलाई निर्धक भएर मतदान गर्न आग्रह गर्नुभएको छ । पार्टीको सिपाही भएपछि पार्टीको निर्देशन मान्नु सबै कांग्रेसीहरुको धर्म भएकाले सबैले गठवन्धनका सबै उम्मेदवारलाई मत दिन र मत माग्न आग्रह गर्नुभयो ।

विभिन्न स्थानमा गठवन्धन सम्वद्ध दल भित्र मतभद भए पनि त्यसलाई निराकण गर्दै जाने र त्यसको जिम्मा आफुने लिने समेत वताउनुभयो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्