सोसल मिडिया
रुकुम पूर्व / अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष केशव रावल जिम्मेवारी मुक्त हुनुभएको छ ।
उहाँलाई आइतबार संगठनले जिम्मेवारी मुक्त बनाएको हो । पार्टी र संगठनको हित विपरीत काम गरेकाले रावललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिनुभयो ।
रावल रुकुम पूर्वबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारीका रुपमा रहनुभएको छ । त्यो क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसलााई भाग परेको थियो ।