Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा स्थानीय तह निर्वाचन भन्दा मतदाता घटे

२०७९ कात्तिक २९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा स्थानीय तहको निर्वाचन भन्दा यसपाली मतदाता घटेका छन ।

गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा रुकुम पश्चिममा एक लाख चार हजार ४८० जना मतदाता रहेका थिए भने मङसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एक लाख चार हजार २८० जना मतदाता रहेका छन ।

यस अघि भएको स्थानीय तह निर्वाचन भन्दा आगामी मङसिर ४ मा हुने निर्वाचनमा २०२ जना मतदाता कम रहेको जिल्ला निवार्चन अधिकारी कुमारी रिमा मल्ले जानकारी दिनुभयोे ।

पुरानो मतदाता विवरणमा दोहोरो विवरण भएका चार सय जना र मृत्यु भएका ६०५ जना मतदाता हटाउँदा र नयाँ मतदाता सहित यस पटकको निर्वाचनमा १ लाख चार हजार २८० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्