Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पार्टीको निर्देशन अनुशासनपूर्वक पालन गरेर उम्मेदवारी फिर्ता लिएको हुँ : कृष्ण रोकाय

'रुकुममा राजनीतिक संस्कारको विकास गर्न जरुरी छ'
२०७९ कात्तिक २९
tribeni2

नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र १ मा आफूले दिएको उम्मेदवारी पार्टीको केन्द्रीय सभापतिको निर्देशनमा फिर्ता लिएको प्रष्ट्याउनु भएको छ ।

मंगलबार वाम लोकतान्त्रिक गठबन्धनले जिल्ला सदरमुकाम मुसिकोटमा गरेको चुनावी सभालाई सम्बोधन गर्नेक्रममा रोकायले गठबन्धनलाई सहयोग गर्न सभापतिले गरेको निर्देशन अनुसार आफ्नो उम्मेदवारी फिर्ता दिएको बताउनुभएको हो । पार्टीको आधिकारीक टिकट प्राप्त गरेर उम्मेदवारी दर्ता गरेको तर केन्द्रीय गठबन्धनको मर्म अनुरुप केन्द्रबाट आएको निर्देशनको पालना गरेर फिर्ता लिनुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

मुलुकमा संविधानको पालना, गणतन्त्रको रक्षाको लागि सत्ता गठबन्धन दल एकैसाथ चुनावी अभियानमा रहेको रोकायले बताउनुभयो । उहाँले मंसिर ४ पछिपनि गठबन्धन दलकै सरकार बन्ने भएकोले गठबन्धन दलको इमान्दारी पालना गर्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जिल्लामा विभिन्न विकासका कार्यहरु तिब्र रुपमा भएको तर राजनीतिक सस्कारको विकास हुन नसकेको बताउनुहुँदै उहाँले काँग्रेस र माओवादीका कार्यकर्ताहरुले एक अर्कालाई देखेर निधार खुम्च्यान नहुने उल्लेख गर्नुभयो । उहाँले एक अर्कामाथी विश्वासको वातावरण सिर्जना आवश्यक रहेको बताउनुभयो ।

रुकुम जिल्लालाई कर्णाली प्रदेशकै नमूना जिल्ला बनाउन गठबन्धका साझा उम्मेदवारहरुको महत्वपूर्ण भूमिका हुने भएकेले सबै जना एक भएर समृद्ध जिल्ला बनाउन लागि पर्न उहाँले अनुरोध गर्नुभयो ।

कार्यक्रममा उहाँले कर्णालीका नदिनाला, जडिबुटि, फलफूल र पशुपालन मार्फत स्वरोजगारका अवसरहरु सिर्जना गरिने बताउनुभयो । युवाहरुको सीप र क्षमता बृछि गरेर सिर्जनशलि युवा बनाउन सकिने समेत उहाँले जनाउनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्