Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चुनावी सभा

कर्णाली सुनको डल्लो हो, गतिलो कालिगढ चाहिएको छ : जनार्दन शर्मा

'रुकुम जिल्ला गुणात्मक विकासको चरणमा रहेको छ'
२०७९ कात्तिक २९
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका जनार्दन शर्माले रुकुम जिल्ला अव गुणात्मक विकासको चरणमा रहेको बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले मंगलबार मुसिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री एवम् माओवादी नेता समेत रहनु भएका शर्माले जिल्लाको विकास भौतिक रुपमा र साँस्कृतिक पाटोबाट हेरिएको उल्लेख गर्नुभएको ।

जिल्लामा आर्थिक उत्पादन, रोजगारी र समृद्धिको अभियानका साथै सामाजिक, साँस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिएकोले गुणात्मक विकास अबको प्राथमिकता रहेको उहाँले बताउनुभयो । संविधानको रक्षा, संघीयताको कार्यान्वयन र गणतन्त्रको रक्षाको लागि वाम गठबन्धन भएकोले गठबन्धनमा आवद्ध सबै दलहरुले गठबन्धनको मर्मलाई आत्मसाथ गर्न जरुरी रहेको शर्माको भनाई छ ।

सामाजिक न्यायमा आधारित समाजवाादको आधार रुकुम हो

सम्बोधनका क्रममा शर्माले रुकुम सामाजिक न्यायमा आधारित समाजवादको आधार भएको बताउनुभयो । आफूले बेराजगारी अन्त्य र रोजगारी सिर्जना गर्ने सपना देखेको र त्यो सपना पुरा गर्न वाम गठबन्धन दलले ऐतिहाँसिक अवसर सिर्जना गरेको उहाँको भनाई छ ।

पर्यटन मार्फत रुकुमको विकास, भौतिक संरचनाको गुणस्तरिय विकास, कृषि क्षेत्रको विकास, किसानमैत्री योजना, उद्योगलाई प्राथमिकिकरण, उत्पादनमुखि योजना आजको आवश्यकता भएको आफूले यी क्षेत्रमा विशेष कार्यक्रम ल्याउनउ समेत उहाँले जनाउनुभयो । कर्णाली प्रदेश सुनको डल्लो भएको प्रशंग निकाल्नुहुदै उहाँले भन्नुभयो, “गतिलो कालिगढको चाहिएको छ, जनताले छानेर पठाउनुस्, बजेटको समस्या छैन, खर्च गर्ने समस्या भने छ ।”

कर्णाली प्रदेशका तीन केन्द्रहरु मध्य र मुख्य केन्द्र सुर्खेत र अन्य दुई केन्द्र चौरजहहारी र जुम्ला रहेको शर्माले बताउनुभयो । अहिले राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको र यहि गठबन्धनले जनभावनाको कदर गरेको उहाँले दाबी गर्नुभयो ।

आफुले राष्ट्रिय एकताको पक्षमा सदैव काम गर्दै आएकोले अब पनि समाजवादको लागि राष्ट्रिय सहमति गर्न पहल गर्ने, सन्तुलित परराष्ट्र नीतिका लागि भूमिका निवौह गर्ने, समुदायमा आधारित विकास मोडालिटी तयार गर्ने, शान्ति प्रक्रियाका बाँकि कार्यभार पुरा गर्ने र गठबन्धनलाई थप १०, १५ बर्ष लैजान महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताउनुभयो ।

गुणस्तरिय शिक्षा र स्वरोजगारको जरुरत रहेको छ : महेन्द्र केसी
चुनावी सभामा बोल्नु हुन्दै प्रदेश निर्वाचन क्षेत्र नं. १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार मेहन्द्र केसीले आम जिल्लावासीलाई स्वरोजगार बनाउन र असल सस्कार निर्माणमा भूमिका खेल्न लागिपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा हुने उत्पादनमुखि विभिन्न सामाग्रीहरुको उचित बजार जरुरी रहेकोले त्यसतर्फ बिशेष चासो राख्ने बताउनुभयो । असल शिक्षाको जग बसाउन बालबालिका देखि नै गुणस्तरिय शिक्षाको सुरुवात गरेर सीप मुलक र स्वरोजगारमुलक जनशक्तिको आवश्यकता महशुस गरेको केसीले बताउनुभयो ।

जनता मालिक हुन् : राजकुमार शर्मा

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेदवार राजकुमार शर्माले जनता मालिक र जनप्रतिनिधि सेवक रहेको बताउनुभयो ।

उहाँले जनताको काम, सेवाको बारेमा सेवकले हेक्का राख्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा उम्मेदवार शर्माले रुकुममा माओवादी केन्द्रले सुरुवात गरेको आर्थिक समृद्धि र समाजिक रुपान्तरणको अभियान अब बाम गठबन्धनको अभियान हुन पुगेको जनाउनुभयो ।

रुकुमलाई कर्णाली प्रदेशकै समृद्ध जिल्ला बनाउन नयाँ योजना, विचार र सोच जरुरत रहेकोले अर्थमन्त्री जनार्दन शर्माले कोरेको समृद्धिको रेखा पुरा गर्न सबैजना लागिपर्ने उल्लेख गर्नुभयो ।

बाम लोकतान्त्रिक गठबन्धनद्धारा आयोजित चुनावी सभालाई जनता समाजवादी पार्टीका कर्णाली प्रदेश अध्यक्ष प्रेम बोहरा, नेकपा समाजवादीका केन्द्रिय सदस्य देवी ओली, समाजवादीका समानुपातिक तर्फका उम्मेदवार माधव गौतम, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार प्रेमकुमारी सुनार, बाम गठबन्धन दलको तर्फका प्रदेश निवौचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवारद्वय महेन्द्र केसी र राजकुमार शर्मा, नेपाली काँग्रेसका नेता धुव पुरी, नेकपा माओवादी केन्द्रका नेता बसन्त कुमार शर्मा, नेपाली काँग्रेसका नेता कृष्णबहादुर रोकाया र गोपालजिजंग शाह र अर्थमन्त्री एवम् माओवादी केन्द्रका नेता जनार्दन शर्माले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्