Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अन्तर्राष्ट्रिय स्कूल अवार्ड यात्रामा विजय

नवलपरासी २७ बैशाख ।
tribeni2

उदय पोखरेल ।

विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाए झैँ गरी पुस्तकका पाना पाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्न पद्धति पुरानो भईसकेको छ ।

अहिले शिक्षणमा नयाँ नयाँ विधि र प्रविधिहरु भित्रिसकेका छन् र तिनै विधि प्रविधिहरुलाई आत्मसात गर्दै विद्यालय अगाडि बढि रहेको छ । गैँडाकोटमा अवस्थित एक मात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन ।

विद्यार्थीहरु चउरभरि छारिएका थिए, कोही पराललाई काटेर मसिना टुक्रा बनाउँदै थिए त कोही ती टुक्रालाई पानीमा धुँदै थिए , कोही ती मसिना परालका टुक्रालाई पकाउन आगो बाल्दै थिए । कोही भने ल्याप्टप बोकेर भिडियो कल गरी ती दृश्यहरुलाई अन्य देशका विद्यार्थीहरुलाई देखाइरहेका थिए । टाढाबाट हेर्नेलाई यी दृश्यहरु अस्तव्यस्त जास्तै लाग्थे । विद्यार्थीहरुलाई कक्षाकोठामा राखेर नपढाएर किन यसरी चउरभरि भद्रगोल छोडिएको होला भन्ने प्रश्नहरु पनि उठिरहेका थिए । जब नजिकै पुगेर बुझ्ने प्रयास गरियो त्यहाँँ त विद्यार्थीहरु च्याउ कसरी फालउने भनेर कक्षा कोठामा सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई व्यवहारमा पो उतार्दै रहेछन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सीलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात इन्टरनेश्नल स्कूल अवार्ड मा सहभागी भएपछि विद्यार्थीहरु विभिन्न प्रोजेक्ट अन्तर्गत आफै सहभागी भएर खोज्दै, हेर्दै, गर्दै, सिक्दै अगाडि बढिरहेका छन् । यसरी प्रत्यक्ष रुपमा आफै सहभागी भएर सिक्न पाएकोमा विद्यार्थी पनि खुसी देखिन्थे ।

शिक्षण सिकाइमा नयाँ प्रविधि भित्र्याइ अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो शिक्षण सिकाई क्रियाकलाप गरी एक दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्धेश्यका साथ आफुहरु आइएस् ए को यात्रामा सहभागी भएको कुरा विद्यालयका कार्यकारी प्रमुख खेमराज सापकोटाले बताए । साथै विद्यार्थीहरुले विद्यालयमा नै च्याउ फलाएको, माटाका भाँडा बनाएको, ढुङ्गामा कुँदेर मूर्ति बनाएको फोहोर भनेर फालिने बोतल र प्लाष्टिकहरु सँगालेर चौतारो बनाएको देख्दा आपूm निकै हर्षित भएको कुरा पनि बताए । विद्यालयकी सहायक प्रधानाध्यापक एवम् आइएस्ए कोअर्डिनेटर रेखा श्रेष्ठले विद्यालय आइएस्ए मा सहभागी भएर बायोग्राफि अफ नेश्नल हिरो, कार्भ इमेज अन रक्स, जोय अफ जात्रा लगायतका १० ओटा प्रोजेक्टमा काम गरी रहेको र आफुहरु आइएस्ए को यात्रामा गन्तव्य नजिक पुग्न लागेको बताईन ।

आइएस्ए मा सहभागी भएर शिक्षण गर्दै गर्दा प्रविधिसँगको निकटता बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तर सम्म पहुँच बढेको अनुभव विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले सुनाए ।

किताबी ज्ञानमा मात्र नभई जीवनोपयोगी सिपमूलक र व्यवहारिक ज्ञान दिने सन्दर्भमा विद्यालय सदैव सचेत रहेकाले शिक्षणमा नविनतम विधि अपनाउँदै अगाडि बढिरहेको छ । विद्यालयले आइएस्का प्रोजेक्टमा मात्र नभई विद्यार्थीहरुलाई विभिन्न सदनहरुमा विभाजन गरी समुहमा कार्यहरु गर्ने र व्यवहारीक ज्ञान तथा सिप विकास गर्ने कुरामा जोड दिइरहेको छ । विभिन्न जडिबुटिका बोटविरुवाहरु लगाउने मौसम अनुसारका तरकारीहरु उत्पादन गर्ने क्रियाकलापहरु पनि विद्यालयले गराउँदै आइरहेको छ । साथै विद्यालयले विद्यार्थीहरुमा वचत कसरी गरिन्छ, दुःखमा सहयोग कसरी गर्ने भन्ने जस्ता कुराहरु सिकाउन बचत समुह, रेडक्रस, स्काउट, बालक्लव लगायतका विविध क्लवहरु गठनगरी विद्यार्थीहरुको चौतर्फि विकासमा टेवा पु¥याउँदै आएको छ । यि कार्यहरुलाई विद्यालयले निरन्तरता दिँदै जाने विद्यालयले जनाएको छ ।

(लेखक विजय सामुदायीक शिक्षा सदनका शिक्षक हुन् ।)

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्