Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचन सामाग्री बुझेर मतदानस्थलतर्फ लागे कर्मचारी

२०७९ कात्तिक ३०
tribeni2

रुकुम पश्चिम / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि खटाईएका कर्मचारीहरु मतदान केन्द्र तर्फ जान थालेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमबाट निर्वाचन सामाग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्रहरु लिएर कर्मचारीहरु मतदान केन्द्रतर्फ जान लागेका हुन् ।

जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बुधबार जिल्लाका सबै मतदान केन्द्रको लागि निर्वाचन सामाग्री बुझाई सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ७६ मतदान केन्द्र र १३९ मतदानस्थलको लागि निर्वाचन सामाग्री सम्बन्धित मतदान अधिकृतलाई बुझाईसकिएको छ । मुसिकोट नगरपालिका १ को बराहाटाकुरा र कारागार कार्यालयमा तोकिएको अस्थायी मतदान केन्द्रको लागि भने भोलि बिहिबार बुझाईने मल्लले बताउनुभयो ।

मतदानाको दिन आवश्यक पर्ने मतपेटिका, छेकाबार, स्ट्याप्प प्याड, मतदाता नामावली सहितका निर्वाचन सामाग्री मतदानमा खटिएका कर्मचारीहरुलाई बुझाईएको हो ।

निर्वाचन सामाग्री र मतपत्रहरु बुझेर सदरमुकामबाट टाढाको दुरीमा रहेका मतदानस्थलका कर्मचारीहरु मतदानस्थलतर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट रुजु गरेका मतपत्रहरु बुझेर जिल्लाको आठबिसकोट नगरपालिमा क्षेत्रमा कर्मचारीहरु मंगलबार नै मतदानस्थलतर्फ प्रस्थान गरिसकेका छन् । बिहिबार बेलुका सम्म जिल्लाका सबै मतदान केन्द्र तथा स्थलहरुमा निर्वाचन सामाग्री सहित सबै कर्मचारीहरु पुगिसक्ने समेत प्रजिअ घिमिरेले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाको आठबिसकोट नगरपालिका क्षेत्रमा रहेका सबै मतदानस्थलको लागि मतपत्र सम्बन्धित मतदान अधिकृतलाई बुझाईसकिएको छ । सानीभेरी गाउँपालिकाको भने भोली बिहिबार बुझाईने छ । अन्य पालिका क्षेत्रमा रहेका केहि बाहेक सबै मतदान केन्द्रको लागि मतपत्र वितरण भैसकेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्