Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खानेपानी प्रयोगमा लापरबाही गर्ने मुसिकोटका ग्राहकलाई जरिवाना गर्ने चेतावनी

tribeni2

रुकुम पश्चिम / मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी प्रयोगमा लापरबाही गर्ने ग्राहकलाई जरिवाना गर्ने चेतावनी दिएको छ ।

एक सुचना जारी गर्दै संस्थाले खानेपानी प्रयोगमा लापरबाही गर्ने ग्राहकलाई जरिवाना तिराउने चेतावनी दिएको हो ।
उपभोक्ताहरुलाई पटकपटक जानकारी गराउँदा पनि अटेर गरि आफुखुसी पानी प्रयोग गरिरहेकाले आगामी दिनमा यस्तो त्रुटि देखिएमा जरिवाना स्वरुप शूल्क लगाइने मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यवहाक अध्यक्ष टोपबहादुर नेपालीले जानकारी दिनुभयो ।

जारी गरिएको उक्त सूचनामा विग्रिएका मिटर प्रयोग गरेको पाइएमा र मिटर तानी पानी प्रयोग तथा पानी बगाएमा दुई हजार शूल्क तिराउने उल्लेख गरिएको छ । यस्तै उपभोक्ताहरुले धारामा टुटि नलगाएमा एक हजार, धारामा लगाइएको क्याप फाली पानी प्रयोग गरेको पाइएमा तीन हजार र मिटर तानी करेसाबारीमा सिंचाई गरेको पाइएमा पाँच हजार जरिवाना लगाइने पनि सूचनामा उल्लेख गरिएको छ ।

यसैगरि खानेपानीको मेनलाइन पाइप तथा शाखा लाईनमा विकास निर्माणको क्रममा भत्किएमा ठेकेदारले खानेपानी संस्थासंग समन्वय गरि निर्माण गरिदिनुपर्ने समेत सूचनामा जनाईएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्