Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

निर्वाचनका लागि रुकुम पश्चिममा १११२ कर्मचारी, १९०० बढी सुरक्षाकर्मी र ५६४ स्वयंमसेवक परिचालन

सम्पूर्ण सुरक्षा तयारी पुरा
tribeni2

रुकुम पश्चिम / मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा कर्मचारी र सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

१३९ मतदानस्थलमा एक हजार ११२ जना र दुई अस्थायी मतदानकेन्द्रमा १० जना कर्मचारी खटाईएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयम्सेवक सहित जिल्लाभर एक हजार ६८६ जना कर्मचारी परिचालन हुने बताईएको छ । त्यसैगरी प्रत्येक मतदानस्थनमा चार जनाको दरले स्वयंमसेवक राख्ने व्यवस्था गरिएको छ ।

निर्वाचनको लागि सम्पूर्ण सुरक्षा तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला सुरक्षा समितिले आवश्यक निर्वाचन सुरक्षा योजना तयार गरेर कार्यान्वयन सुरु गरेको बताउनुभयो । जिल्लामा २१ मतदानस्थल अति संवेदनशील, ४३ वटा संवेदनशील र १२ वटा सामान्य भनेर वर्गिकरण गरिएको छ । सुरक्षाको दृष्टिले मतदान केन्द्ररुलाई तीन भागमा विभाजन गरिएको हो ।

निर्वाचन सुरुक्षाको लागि जिल्लाभर एक हजार नौ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रजिअ घिमिरेका अनुसार ४६० नेपाल प्रहरी, २०० सशस्त्र प्रहरी, ५०० नेपाली सेना र ७७५ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा क्षेत्र रहेको रुकुमपश्चिममा एक लाख चार हजार २८० मतदाता रहेका छन् । प्रदेशसभा क्षेत्र नं. १ मा ५२ हजार ८ जना र निर्वाचन क्षेत्र न. २ मा ५२ हजार २७२ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्