Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मतदान केन्द्रमा जादै गरेको जीप दुर्घटना

tribeni2

जुम्ला / जुम्लामा मतदान केन्द्रतिर जादै गरेको जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा तािम्त मतदान केन्द्र तिर जादै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीका अनुसार ताम्ति मतदान केन्द्रमा जादै गरेको निर्वाचनको टोली चढेको गाडि दुर्घटना भएको हो ।
उहाँका अनुसार गाडि दुर्घटना परि सहायक मतदान अधिकृत आदी प्रसाद न्यौपाने र निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी र एक जना प्रहरी सामान्य घाईते भएका छन । घाईते भएकाहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर लिइएको बताइएको छ ।

प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित रहेको छ । तातोपानी गाउँपालिका ७ जनजागृति मावि ताम्तिमा मतदान अधिकृत हरि प्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्