Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा प्रधानमन्त्री रोजगारको लागी १ करोड माथी रकम विनियोजन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपलिकामा चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगारको लागी रकम विनियोजन गरिएको छ । गाउँपालिकामा १ करोड ३९ लाख १४ हजार ३ सय ११ रुपैँया विनियोजन गरिएको हो । युवा पारिश्रमिक रोजगार कार्यक्रम अन्तरर्गत पहिलो किस्ताको उक्त बजेट विनियोजन गरिएको छ ।

वडाले छनोट गरि पठाएको योजना अनुसार प्रत्येक वडामा रकम विनियोजन गरिएको हो ।

गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीका अनुसार वडा नम्वर १ को लागि १२ लाख ५९ हजार ४ सय २, वडा नम्वर २ मा २२ लाख ६६ हजार ९ सय २४, वडा नम्वर १७ लाख ८५ ५ सय ५३, वडा नम्वर ४ मा १६ लाख ४५ हजार रुपैँया विनियोजन गरिएको छ ।

त्यस्तै वडा नम्वर ५ मा ११ लाख २५ हजार, वडा नम्वर ६ मा २२ लाख ५५ हजार ७ सय, वडा नम्वर ९ मा १७ लाख ६२ हजार ४ सय १० रुपैँया वजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वजेटबाट ८ वटा वडामा काम हुने छ भने प्रधानमन्त्री रोजगारको रकम विनियोजन नगरिएको

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमबाट गाउँपालिका रहेका गोरेटोबाटा, सडक निर्माण तथा मर्मतमा खर्च गरिने छ । विनियोजित वजेटबाट चुनाव पछि काम सुरु गरिने प्रवक्ता खत्रीले जानकारी दिनुभयो । त्यस्तै नेपाल जलबायु कार्यक्रमको ६२ लाख विनियोजन गरिएको छ ।

उक्त रकमले वडा नम्वर १० को घरेरी–मैनिलोटे सिचाई आयोजनाको लागि ३१ लाख र वडा नम्वर ८ को भेरीखोला–हलबादे सिचाई योजनाको लागि ३१ लाख रुपैँया विनियोजन गरिएको छ ।।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्