Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मेलम्चीको पानी आउन नदिने नेपाली नै हुन्: प्रचण्ड

काठमाडौं २७ बैशाख ।
tribeni2

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी सरकारले अर्को वैकल्पिक ब्यवस्था गरेर ल्याउने तयारीमा रहेको बताएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मेलम्ची सरकारको लागि चुनौती बनेको भन्दै सरकारले वैकल्पिक व्यवस्था गरी हस्तक्षेप गरेरै मेलम्चीको पानी काठमाडौं ल्याउनेमा ढृढ भएपनि खेलहरु भने हुने गरेको बताए ।

सरकारले कडा कदम नचाले मेलम्चीको पानी आउन गाह्रो रहेको प्रचण्डको भनाइ छ । मेलम्ची ल्याउन नदिने खेलमा नेपाली नै लागेकाले समस्या भएकोे प्रचण्डले बताए ।

उनले प्रधानमन्त्री र मन्त्रीको तत्परतामा भने शंका नरहेको बताए । मेलम्ची छिटै सञ्चो नहुने रोग जस्तो लम्बिएको आयोजना भएको भन्दै प्रचण्डले जरुरी परे अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २७, २०७६  २१:०५
प्रतिक्रिया दिनुहोस्