Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : घर आगलागी हुँदा २५ लाख बराबरको क्षति

२०७९ मंसिर २
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ८ का पहलसिंह खड्काको घरमा आगलागी भएको छ ।

स्थानीय लक्ष्मण बिकका अनुसार शुक्रबार दिउँसो खड्काको घरमा आगलागी भएको हो । घरमा जोडिएको बिद्युत सट भएर आगलागी भएको बताईएको छ ।

घरमा कोहि नभएको बेला आगलागी भएको थियो । स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट खड्काको घरभित्रका सम्पूर्ण सामान जलेको जनाईएको छ ।

घरमा रहेको नगद दुईलाख सहित करिब २५ लाख बराबरको क्षति भएको वडा नम्वर ८ का वडा अध्यक्ष नन्दराम खड्काले जानकारी दिनुभयो । क्षतिको सम्पूर्ण विवरण आउँन बाँकि रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्