Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सोलुखुम्बुमा खटिएको मतदान केन्द्रमै मतदान अधिकृत मृत भेटिए

tribeni2

सोलुखुम्बु / सोलुखुम्बुमा एक मतदान अधिकृत मृत अवस्थामा भेटिएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका ५६ वर्षिय मतदान अधिकृत बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिनुभएको हो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ ।

सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएको खुलेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्