Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अर्थमन्त्री जनार्दन शर्माद्वारा पहिलो मतदान

ढुक्क भएर मतदान गर्न आह्वान
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका ५ सेरीगाउँस्थित यमुनानन्द नमूना माविमा रहेको क मतदानकेन्द्रबाट मतदान गर्नुभएको हो ।

शर्माले मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिनुभयो ।

मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सहि तरिकाले मतदान गर्न आह्वान गर्नुभयो । माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका अर्थमन्त्री शर्मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  ०७:११
प्रतिक्रिया दिनुहोस्