Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माबि रुकुमकोटमा मतदान रोकियो

२०७९ मंसिर ४
tribeni2

रुकुम पूर्व / रुक्मिणी मावि रुकुमकोटमा मतदान रोकिएको छ । वारिसे मतदानमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको हो । विवाद पछि रुक्मिणी माविका तीन वटै मतदान केन्द्रमा मतदान रोकिएको छ ।

कुनै ब्यक्तिले शारीरिक अस्वस्थताका कारण मत राख्न अर्कालाई दिएमा त्यस्तो मत सम्बन्धित घरका ब्यक्तिले मात्र राख्न पाउने, यदि घरका ब्यक्ति नभए मतदाताले इच्छाएको व्यक्तिले मतदान गर्न सक्ने निर्णय सर्वदलीय बैठकमा गरिएको थियो ।

तर दलका उम्मेदवार र प्रतिनिधिले त्यसमा विवाद गरेपछि मतदान रोकिएको हाे ।

मतदान रोकिएपछी रुक्मिणी माविमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पतपेटिकाको सुरक्षाको लागि प्रत्येक मतपेटिकामा सुरक्षाकर्मी राखिएको छ । मतदाताले मतदान सुरु गर्न दबाब दिइरहेका छन ।

अहिलेसम्म रुक्मिणि माविमा एक हजार एक सय ८९ मत खसेको छ । यस वडामा दुइ हजार एक सय ६१ मतदाता रहेका छन । पुनः मतदान सुरु गर्न सहमतिको प्रयास जारी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्