Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ६१ प्रतिशत मत खसेकाे अनुमान

भाेलिबाट मत गणना हुने
२०७९ मंसिर ४
tribeni2

रुकुम पूर्वमा ६१ प्रतिशत मत खसेको छ ।

आईतबार बेलुका ५ बजे सम्म जिल्लाका ५६ मतदान केन्द्रमा करिब २१ हजार १४६ मात्र मत खसेको जिल्ला निवाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान अधिकृतहरुले फोनमा टिपाए अनुसार उक्त मत खसेको बुझिएको छ । सबै विवरण रुजु भएपछि खसेको मत एकिन हुने उहाँले जनाउनुभयो । 

तीन गाउँपालिका रहेको रुकुम पूर्वमा ३४ हजार ११२ जना मतदाता रहेका छन् । जिल्लाका सबै स्थानमा मतदान शान्त पूर्वक सम्पन्न भएको ओलीले जनाउनुभयो ।
रुक्मिणी मावि रुकुमकोटमा वारिसे मतदानमा विवाद उत्पन्न भएपछि केहिबेर मतदान रोकिएको थियो । पछि छलफल मार्फत विवाद समाधान गरेर मतदान सम्पन्न गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्