Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ५८ प्रतिशत मत खस्यो

tribeni2

रुकुम पश्चिम / रुकुमपश्चिममा ५८.०४ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार जिल्लामा रहेका एक लाख चार हजार २८० मतदाता मध्य ६० हजार ५२६ मत खसेको हो । जिल्लामा १३९ मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको थियो ।

सामान्य बाहेक शान्तीपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्