Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : १० वटा मतदान केन्द्रको मतपेटिका ल्याउन बाँकि, आजैबाट मतगणना गर्ने तयारी

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा १० वटा मतदास्थलाट मतपेटिका ल्याउन बाँकि रहेको छ ।

आईतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन पश्चात रुकुमपश्चिमका विभिन्न स्थानमा रहेका १३९ वटा मतदान केन्द्र मध्य १० वटा मतदान केन्द्रको मतपेटिका जिल्ला सदरमुकाम ल्याउन बाँकि रहेको हो ।

सोमबार बिहानसम्म १२९ वटा मतदान केन्द्रको मतपेटिका जिल्ला सदरमुकाम ल्याइपुर्याइएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार १३९ वटा मतदान केन्द्र मध्य १२९ वटा मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसकिएको छ ।

जिल्लाका ६ वटै स्थानीय तह मध्य आठबिसकोट नगरपालिका क्षेत्रका १० वटा मतदानकेन्द्रको मतपेटिका ल्याउन बाँकि रहको छ । आठबिसकोट नगरपालिका वडा नम्बर १ देखि ६ मा रहेका सबै मतदान केन्द्रका मतपेटिका ल्याउन बाँकी रहेको प्रजिअ घिमिरेले बताउनुभयो । ६ वडाका ७ वटा मतदानस्थलमा रहेका १० केन्द्रको मतपेटिका आइपुग्न बाँकी रहेको छ । भौगोलिक अवस्थाको कारण र सुरक्षा संवेदनशिलता समेतको कारण मतपेटिका ल्याउन समय लागेको उहाँको भनाई छ ।

आज सोमबार दिउँसोसम्म बाँकि रहेको ठाउँको मतपेटिका एकैसाथ ल्याउने तयारी भइरहेको छ । सबै स्थानको मत्रपत्र आइपुगेपछि आजै साँझबाट मतगणना सुरु गर्ने जनाईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा तारजति र सिसिक्यामेरा जडान गरेर तयारी अवस्थामा राखेको जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्