Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बैतडीमा जिप दुर्घटना, तीन जना प्रहरीको घटनास्थलमै मृत्यु

tribeni2

बैतडी / मतपेटिका पुर्‍याएर फर्कँदै गरेको जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । 

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्