वागीश्वरीमा हठयोग साधना

चितवन २८ बैशाख ।

भरतपुर महानगरपालिका वडानं. १ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा यहि मिति २०७६÷०१÷२९ गते आईतवार देखि १ महिने हठयोग शाधना शिवीर आयोजन गरिने भएको छ ।
२०औैं सताब्दिका प्रशिक्षक योगी स्वामी योगेश्वरानन्द सरस्वतीजी महाराजको योग परंम्परामा दिक्षित भएका योग गुरू अमनदीप सिंहले दिक्षित गर्ने उक्त शिविर जेठ महिना भरी चल्नेछ ।
हठयोग साधनाका गुढ विषयहरू आसन, प्राणायाम, क्रिया, बन्ध, मुन्द्रा, ध्यान, आदिको विषयमा सूक्ष्मतम ढंङ्गले शिक्षण गराइने उक्त शिविरको समय विहान ठिक ५ः०० बजे देखि ७ः०० बजे सम्मको रहने छ ।
साधनाका क्रममा ३०० प्लस आसनहरू, ७५ प्लस प्राणायामहरू, ६ वटा क्रियाहरू र अनेकौ उपक्रियाहरू, १० वटा बन्ध, १० वटा मुन्द्राहरू र सास्वत ध्यान विधिको अध्यास गराइने जनकारी साधना व्यावथापन विभागकी सदस्य कल्पना आचार्यले जानकारी दिइन् ।
साधना शिविर पूणतः शास्त्रीय हुने र यसले साधकलाई असली योग विधिकोे ज्ञान प्राप्तहुने भएकाले गुरू अमनदीप सिंहको शिक्षणत्वमा यो शिवीर आयोजन गरिएको चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १५:०५
प्रतिक्रिया दिनुहोस्