Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुनः मतदान माग गर्दै एमाले रुकुम पश्चिमद्वारा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । जिल्लाका विभिन्न सातवटा मतदान केन्द्रमा पुनः मतदान माग गर्दै एमालेले उजुरी दिएको हो ।

आईतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको क्रममा बुथ कब्जा भएको भन्दै सात वटा मतदान केन्द्रमा पुनः मतदान माग गरेको एमाले रुकुम पश्चिमका अध्यक्ष एवम् प्रतितिनिधि सभा सदस्यका उम्मेदवार नन्दराम देवकोटाले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका प्रतिनिधिलाई धम्काएर बुथ कब्जा गरेर फर्जी मत हालेको उहाँले आरोप लगाउनुभयो । अर्थमन्त्री एवम् सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्माको प्रत्यक्ष निर्देशनमा बुथ कब्जा भएकोले पुन मतदान माग गरिएको देवकोटाले उल्लेख गर्नुभयो ।

एमाले रुकुम पश्चिमले बाँफीकोट गाउँपालिकाको वडा नम्वर ६ र ७, आठविसकोट नगरपालिकाको वडा नम्वर २ र ३, सानीभेरी गाउँपालिकाको वडा नम्वर २ र ३ मा बुथ कब्जा गरेर फर्जि मत खसेको जनाएको छ ।

यसका साथै मुसीकोट नगरपालिका १३ मा आचारसंहिता विपरितको काम भएको समेत बताईएको छ । सो मतदान केन्द्रमा नेपाली काँग्रेसका नेता एवम् वाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन परिचालन समितिका संयोजक गोपाल जि जंग शाहले मतदान गरेको मतपत्र विभिन्न सामाजिक संजालमा सार्वजनिक भएको छ ।

उल्लेखित सात वटा मतदान केन्द्रमा एमालेले पुनः मतदानको माग गरिएको हो । उम्मेदवार नन्दराम देवकोटाकाले आफ्ना मागहरु सम्बोधन नभएसम्म आफूहरू मतगणनामा सहभागी नहुने बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्