Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुम पश्चिमद्वारा मतगणना बहिष्कार

अर्थमन्त्रीको निर्देशनमा 'बुथ कब्जा' गरेर फर्जि मत हालेको आरोप
tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले मतगणना कार्यलाई बष्किार गर्ने जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको क्रममा जिल्लाका सात वटा बुथमा फर्जिमत खसेको र आचारसंहिता विपरितका कार्यभएको भन्दै एमालेले मतगणना कार्य बहिष्कार गर्ने जनाएको हो ।

सोमबार बागबजारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन मार्फत एमाले रुकुम पश्चिमले रुकुममा प्रजातन्त्र नआएको र सत्ता र शक्तिको दुरुपयोग भएको जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्दराम देवकोटाले नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका प्रतिनिधिलाई धम्काएर, अनाधिकृत व्यक्ति प्रवेश गराएर, बुथ कब्जा गरेर फर्जी मत हालेको आरोप लगाउँदै मतगणना बहिष्कार जनाउनुभयो ।

उहाँले अर्थमन्त्री एवम् सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्माको प्रत्यक्ष निर्देशनमा बुथ कब्जा भएको र फर्जि मत हालिएको आरोप लगाउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले बाँफीकोट गाउँपालिकाको वडा नम्वर ६ र ७, आठविसकोट नगरपालिकाको वडा नम्वर २ र ३, सानीभेरी गाउँपालिकाको वडा नम्वर २ र ३ मा बुथ कब्जा गरेर फर्जि मत खसेको उल्लेख गर्नुभयो ।

त्यसैगरी मुसीकोट नगरपालिका १३ को मतदान केन्द्रमा नेपाली काँग्रेसका नेता एवम् वाम लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन परिचालन समितिका संयोजक गोपाल जि जंग शाहले आचारसंहिता विपरितको काम गरेकोले कारबाहिको माग गर्नुभयो ।

'आठबिसकोट नगरपालिका ३ मा रहेको हिमादय माबि खदिको मतदान केन्द्रमा ९५ प्रतिशन मत खसेको छ,' देवकोटाले प्रश्न गर्नुभयो, 'यो कसरी सम्भव भयो' ? उहाँले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराएर मतदाताको अधिकार कुण्ठित गर्ने काम भएकोले यी सबै केन्द्रमा फेरि मतदान हुनुपर्छ माग राख्नभयाे । 

उल्लेखित सात वटा मतदान केन्द्रमा एमालेले पुनः मतदानको माग गरेको छ । उम्मेदवार नन्दराम देवकोटाकाले आफ्ना मागहरु सम्बोधन नभएसम्म आफूहरू मतगणनामा सहभागी नहुने बताउनुभयो ।

यस बिषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन समेत दिएको देवकोटाले जानकारी गराउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन प्राप्त भएको र आवश्यक छलफल गर्न बाँकि रहेको जनाएको छ । 

सहायक मुख्य निर्वाचन अधिकृत कृतबहादुर बोहराले पहिलो चरणको सर्वदलिय बैठक समेत एमालेले बहिष्कार गरेको र पुन बैठक बोलाउने तयारी भएको बताउनुभयो । जिल्लाभरका सबै मतदानस्थलबाट मतपेटिका बेलुका मात्र आईपुगेकोले सर्वदलिय बैठक पश्चात मतगणना सुरु गरिने कार्यक्रम रहेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्