Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको मुख्य अधिकृतको कार्यालयमा सबै मतपेटिका आईपुगे

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका सबै मतदान केन्द्रका मतपेटिका जिल्ला सदरमुकाम आईपुगेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिकाका १० वटा मतदान केन्द्रको मतपेटिका सोमबार बेलुका सदरमुकाम ल्याईपुर्याईएसगै सबै मतदान केन्द्रका मतपेटिका आईपुगेका हुन् ।

१३९ मतदान केन्द्र रहेको रुकुम पश्चिममा सोमबार बिहान सम्म १२९ वटा मतदान केन्द्रको मात्र पेटिका आईपुगेको थियो ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आठबिसकोट नगरपालिकाको वडा नम्वर १ देखि ६ मा रहेका १० वटा मतदान केन्द्रको मतपेटिका बेलुका मात्र आईपुगेको जानकारी दिनुभयो ।

भौगोलिक विकटता र सुरक्षा संवेदनशीलताको कारण १० मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन ढिलाई भएको हो । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आईपुगेको र रुजु कार्य भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्