Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा अझै संकलन हुन सकेन सबै मतपेटिका

२०७९ मंसिर ५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा सबै मतपेटिका संकलन हुन बाँकि रहेको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको मतदान केन्द्रको मतपेटिका सोमबार बेलुकासम्म पनि आईपुगेको छैन ।

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार मुख्य निर्वाचन अधिृकतको कार्यालयमा ल्याउन बाँकि रहेका सिस्ने गाउँपालिका १ र पुथा उत्तरगंगा गाउँपालिका २ मा रहेको मतदान केन्द्रको मतपेटिका ल्याईपुर्याउन बाँकि रहेकोमा १ नम्वर वडाको भने आईपुगेको छ । अब पुथाको पेल्माबाट मत पेटिका आईपुग्न बाँकि रहेको छ ।

सम्भवत आजै अबेरसम्म मतपेटिका संकलन भैसक्ने उहाँले जनाउनुभयो । सबै मतपेटिका संकलन भएपछि सवैदलिय छलफल पश्चात मतगणना गरिने बताईएको छ । रुकुम पूर्वमा ५६ वटा केन्द्र रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्