Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा सबै मतपेटिका रुकुमकोट आईपुगे

२०७९ मंसिर ५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा सबै मतपेटिका संकलन भएका छन् ।

मतपेटिका आउन बाँकि रहेको जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका २ पेल्मामा रहेको मतदान केन्द्रको मतपेटिका सोमबार अबेला आईपुगेपछि जिल्लाको सबै मतपेटिका संकलन भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीका अनुसार मुख्य निर्वाचन अधिृकतको कार्यालयमा जिल्लाका ५६ वटै मतदानस्थलबाट मतपेटिका ल्याईएको छ ।

मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले सबै मतपेटिका आईसकेकोले जिल्लाका सबै दल र उम्मेदवारहरुसँग सवैदलिय बैठकको लागि समन्वय भैरहेको जानकारी दिनुभयो । उहाँले आजै बैठक भएमा मतगणनाको बारेमा निर्णय हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २०:११
प्रतिक्रिया दिनुहोस्