Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा राति ११ बजेपछि मतगणना सुरु हुने

tribeni2

रुकुम पश्चिम / प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि आईतबार रुकुम पश्चिममा भएको मतदानको सोमबार रातीबाट मतगणना सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर १३९ मतदानस्थलबाट मतपेटिका संकलन भैसकेकोले मतगणनाको तयारी गरिएको हो ।

आजै नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका सात मतदानस्थलमा धाँदली भएकोले पुनः मतदानको माग गर्दै निवेदन दिएकोले मतगण्ना केहिबेर ढिला हुन पुगेको हो । मतगणनाको लागि केहि बेर अघि बसेको सर्वदलिय बैठकमा एमालेले मतगणना सुरु गर्ने प्रक्रिया बहिष्कार गरेको थियो । पुन: राती ११ बजेसम्म बैठकको लागि एमालेलाई खबर गरिएको जनाईएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर ११ बजेदेपछि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । प्राप्त जानकारी अनुसार सात मतदान केन्द्रमा पुनः मतदान माग गर्दै एमालेले दर्ता गरेको उजुरी उपर कानुनी प्रावधानले समेट्न नसक्ने भएकोले मतगणना प्रक्रियामा सुरु गरिने भएको हो ।

मतगणना प्रक्रियामा सहभागिताको लागि एमाले रुकुमका प्रतिनिधिहरुलाई ११ बजेको समय दिईएको छ । त्यसपछि नियामानुसार मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २२:११
प्रतिक्रिया दिनुहोस्