Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा राती १२ः३० बाट मतगणना सुरु हुँदै

२०७९ मंसिर ५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा अहिले राति १२ः३० बजेबाट मतगणना सुरु हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भर्खरै सम्पन्न सर्वदलिय बैठकको निर्णय अनुसार साढे १२ बजेबाट मत गणना सुरु गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माविमा मतगणना हुने छ । रुकुम पूर्वमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

कुल ३४ हजार ११२ मतदाता रहेकोमा आईतबार भएको निर्वाचनमा २१ हजार १४६ मत खसेको जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २३:११
प्रतिक्रिया दिनुहोस्