Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको मतगणना मंगलबार बिहानबाट सुरु हुने

tribeni2

रुकुम पश्चिम / सोमबार राति ११ बजेबाट सुरु हुने भनिएको रुकुम पश्चिमको मतगणना भोलि मंगलबार बिहानबाट हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलिय बैठकको निर्णय अनुसार बिहान सात बजेबाट मतगणना सुरु हुने भएको हो ।

जिल्लाका सात मतदान केन्द्रमा पुन मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको नेकपा एमालेका कुनै पनि प्रतिनिधिहरु बैठकमा नआउँदा मतगणनाको काम सुरु हुन नसकेको हो ।

एमालेले सात वटा मतदान केन्द्रमा माओवादी केन्द्रले बुथ कब्जा गरेर फर्जि मत हालेको भन्दै उजुरी गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान सात बजेबाट मतनणना सुरु गर्ने एक सूचना मार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ००:११
प्रतिक्रिया दिनुहोस्