Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा प्रतिनिधि सभामा गठबन्धनका घर्ती र प्रदेशमा स्वतन्त्रका सुरलको सुरुवाती अग्रता

२०७९ मंसिर ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको मतगणनाको नतिजा आउन सुरु गरेको छ ।

जानकारी अनुसार, पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को प्रतिनिधिसभा सदस्यको मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुर्ण घर्ती मगरले ९११ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४२३ मत ल्याउनुभएको छ भने स्वतन्त्र तर्फका उम्मेदवार चन्द्रराज झाँक्रीले ५८ मत ल्याउनभएको छ । राप्रपा नेपालका खिमबहादुर खत्रीको मत ४ रहेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ तर्फ स्वतन्त्र उम्मेदवार सुरल पुनको अग्रता रहेको छ ।

पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को जम्मा एक हजार पाँच सय ९३ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार सरुल पुनले ८२५ मत ल्याउनुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबट माओवादीका उम्मेदवार तेजबहादुर ओली ६५८ र स्वतन्त्र तर्फबाट ध्रुवकुमार पुनले २४ मत ल्याउनभएको छ ।

मतगणना जारी रहेको छ । प्रदेश नम्वर १ को मतगणना सकिएपछि २ को मतगणना सुरु हुने जनाईएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्