Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व अपडेट : प्रतिनिधि सभामा पूर्ण र प्रदेशमा सुरलको अग्रता कायमै

२०७९ मंसिर ६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रतिनिधि सभामा पूर्ण घर्ती मगर र प्रदेश नम्वर १ मा सुरल पुनको अग्रता कायमै रहेको छ ।

जानकारी अनुसार, अहिलेसम्म दुई हजार तीन सय ९५ मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार पुर्ण घर्ती मगरले १६२० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४६६ मत ल्याउनुभएको छ भने स्वतन्त्र तर्फका उम्मेदवार चन्द्रराज झाँक्रीले ६७ मत ल्याउनभएको छ । राप्रपा नेपालका खिमबहादुर खत्रीको मत १२ रहेको छ ।  

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नंन १ तर्फ स्वतन्त्र उम्मेदवार सुरल पुनको अग्रता छ ।

स्वतन्त्र उम्मेदवार सुरल पुनले १२२१ मत ल्याउनुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबट माओवादीका उम्मेदवार तेजबहादुर ओली ९८३ र स्वतन्त्र तर्फबाट ध्रुवकुमार पुनले ६५ मत ल्याउनभएको छ ।

मतगणना जारी रहेको छ । प्रदेश नम्वर १ को मतगणना सकिएपछि २ को मतगणना सुरु हुने जनाईएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्