Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चर्चित कार्यक्रम प्रस्तोता महावीरको सवारीसाधन दुर्घटनामा मृत्यु

tribeni2

काठमाडौं / चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किने क्रममा मंगलबार विहान सवारी साधन दुर्घटना हुँदा विश्वकर्माको निधन भएको हो ।

५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उहाँको मृत्यु भएको हो । माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माको गाडीमा च्यापिएको अबस्थामा उद्धार गरिएको थियो ।

३५ वर्षका महाबिरलाई ७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्